सभापति देउवा र अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडाैं | मंसिर १९, २०८२
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र संसद पुनःस्थापनाका विषयमा छलफल जारी छ ।
लामो समयपछि भएको भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा। आरजु राणा र अध्यक्ष ओलीका धर्मपत्नी राधिका शाक्यको समेत सहभागिता छ । जेनजी आन्दोलनले सत्ताबाट वहिर्गमन भएपछि पूर्व प्रधानमन्त्रीद्वयको यो सम्भवतः पहिलो अनौपचारिक भेटवार्ता भएको उहाँले बताउनु भयो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

